बिहे अगाडि नीताले गरिन् ‘ह्रस्व दीर्घ’ को शुभसाइत
नीता फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘ह्रस्व दीर्घ’ को शुभसाइत गरिएको छ । निर्माण युनिटले फिल्मको स्क्रिप्ट पूजा गर्दै काम अगाडि बढाएको हो ।
निर्माता समेत रहेकी अभिनेत्री नीता ढुङगाना, अभिनेता हरिहर अधिकारी सहित युनिटका केही सदस्य भक्तपुरको सुर्यविनायक मन्दिर पुगेर फिल्मको स्क्रिप्ट पूजा गरेका हुन् ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा फिल्ममा नीता र हरिहरसँगै सरोज खनाल, सलोन बस्नेतको अलवा दक्षिण भारतीय फिल्मका चर्चित खलपात्र सुनिल वर्मा (सिनुभाई), गजनी भिलेन प्रदीपराज रावत, विश्व चर्चीत कलाकार ब्रह्मानन्दम, अली लगायतको अभिनय रहनेछ ।
बलिउडका छायांकार कबीरलालको छायांकन रहने फिल्मका मुख्य सहायक निर्देशक वसन्त अधिकारी हुन् । फिल्म दशैंपछि फ्लोरमा जानेछ ।
२४ असारमा वैवाहिक बन्धनमा बाधिन लागेका नीता र हरिहरले अन्तर्राष्ट्रिय प्रदर्शनको उद्देश्यका साथ यो फिल्म बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण