अखिल क्रान्तिकारीको समानान्तर समिति १ सय ९७ सदस्यीय (सूचीसहित)
प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित पदाधिकारी चयन देखी केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।
सो समूहले १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्बिनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदूरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज संयोजक तोकेको छ ।
सो समूहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रिय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण