नीताले दिइन् ‘ब्याचलर पार्टी’
मङ्गलबार, २१ असार २०७९, १२ : ४६
अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् । उनले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी हुन् । ‘ब्याचलर पार्टी’को जानकारी उनले सामाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । तस्बिरका साथ उनले सिंगल जीवन सकिएको समेत बताएकी छन् ।
नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । नीताले हरिहरसँगको करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण