बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बिहेअघि नै सदीक्षाको रिसेप्सन पार्टी

मङ्गलबार, २१ असार २०७९, ११ : ५४
मङ्गलबार, २१ असार २०७९

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ प्रेमी राहुल मोक्तानसँग बिवाह बन्धनमा बाँधिदै छिन् । उनको र राहुलको विवाह समारोह नेवारी परम्परा अनुसार आज साँझ आयोजना हुने बताइएको छ ।
यस्तै विवाह अगाडि आजै गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन पार्टी आयोजना गरिएको छ । नेवारी परम्परा अनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । त्यसैले आज रिसेप्सन आयोजना गरिएको हो । 

रिसेप्सनमा साथीभाइ, आफन्त, सहकर्मी सबैलाई बोलाइएको छ । तर, विवाहमा भने आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको छ । सदीक्षा र राहुल केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । सदीक्षा २०१० की मिस नेपाल हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप