‘जेरी २’ मा भित्रिए अनमोल
मङ्गलबार, २१ असार २०७९, ११ : ५७
फिल्म ‘जेरी’ को सिक्वेल ‘जेरी २’ बन्ने भएको छ । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि अभिनेता अनमोल केसीले समेत अनुबन्धित भएका छन् । काठमाडौंको मेरियट होटलमा निर्माता सरोज, रामकृष्ण र अनमोलबीच फिल्म अभिनयका लागि कागजी सम्झौता भएको हो । फिल्ममा हेमराज बिसीले निर्देशन गर्नेछन् ।
प्रेमकथामा निर्माण हुने फिल्मको लेखन निर्देशक हेमराजकै हो । अनमोल हेमराजकै निर्देशन रहेको ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेका हुन् । ‘जेरी’ मा अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गरेकी थिइन् । दोस्रो श्रृंखलामा पनि उनी रहने सम्भावना प्रवल छ । निर्माण टिमले केही चरण आनासँग कुराकानी गरिसकेको छ । तर फाइनल हुन बाँकी छ । नेपाल, अमेरिका र अस्ट्रेलियामा फिल्मको छायाँकन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण