कोरोना जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन जारी
कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । असार १७ गतेदेखि उनीहरुले दैनिक दुई घण्टा ओपीडी सेवा बन्द धर्ना दिँदै आएका छन् ।
आफूहरुको मागबारे अझै सुनुवाइ नभएको संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले रातोपाटीलाई बताए । कर्मचारीहरूले बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक रूपमा ओपीडी सेवा बन्द गरेर धर्ना दिँदै आएको उनको भनाइ छ ।
भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी रहेको दाबी गरेका छन् । सो अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आएका थिए । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ताका लागि माथिल्लो निकायमा पत्राचार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण