मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण घोषणा
‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको हो ।
पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगिताको अहिले दोस्रो संस्करण आयोजना हुन लागेको हो । १६ देखि २१ वर्षसम्मका युवायुवतीले भाग लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आवद्ध हुन चाहनेका लागि अवसर पनि हो ।
एसईई तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्दत पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताका विजेताले १० अक्टोबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द ब्रिटिस कलेजमा रु २० लाख रुपैयाँसम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरू समेत प्राप्त गर्नेछन् ।
त्यस्तै फर्स्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो बर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिन मान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका रहेका छन् । निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगिताका विजेता छनौट बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापाथलीमा आयोजना हुनेछ ।
‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवा युवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा गरेको आयोजक फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्री डाइरेक्टर साहिल खानले बताए ।
प्रतियोगिताका यस अगाडिका विजेताले भने ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वर्ल्ड तथा मिस्टर टिन वल्र्ड’ मा सहभागिता जनाएका थिए । जसमा ‘मिस्टर टिन वर्ल्ड नेपाल’ विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फर्स्ट रनर अप भएका थिए, भने ‘मिस टिन वर्ल्ड’ नेपाल शीर्षक विजेता स्वस्ती वैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाइटल नेपाल भित्र्याएकी थिइन् ।
कार्यक्रममा प्रतियोगीताको निर्णायक समेत रहेकी पूर्वमिस उषा खड्गीले सौन्दर्य प्रतियोगीताले व्यक्तित्व विकाश मात्र गर्ने नभएर अवसरको समेत सिर्जना गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण