‘दोख’ १६ वर्ष मुनिकाले हेर्न नपाउने
बुधबार, २२ असार २०७९, १० : ४०
फिल्म ‘दोख’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो ।
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गरेको हो ।
अनुप बराल निर्देशित ‘दोख’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर बनेको हो ।
राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण