बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु २ मा एमाले, ३ (ख) मा काँग्रेस विजयी: यस्तो छ मतपरिणाम

आइतबार, २४ मङ्सिर २०७४, ०७ : ५३
आइतबार, २४ मङ्सिर २०७४

कपिलवस्तुको निर्वाचन क्षे नं २ मा नेकपा एमालेका उम्मेदवार वृजेश कुमार गुप्ता विजयी भएका छन् । गुप्ता नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुप्ताले ३५ हजार १ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आचार्यले  ३१ हजार  ५ सय ६६ मत पाएका छन् ।
यस्तै  क्षे नं ३ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार विरेन्द्र कुमार कानोडिया विजयी भएका छन् । कानोडिया माओबादी केन्द्रका जाबेद आलम खाँलाई पराजित गर्दै विजयी भएका हुन् ।

कानोडियाले ६ हजार ६ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी खाँले ६ हजार ३ सय ७ मत पाएका छन् ।

यो सँगै जिल्लामा बाम गठबन्धनले खाता खोलेको छ । पछिल्लो ताजा मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ क्षेत्र १ गठबन्धनकै उम्मेदावर चक्रपाणि खनाल (बलदेव) अगाडि छन् भने ३ मा नेपाली काँग्रेसका अभिसेक प्रताव शाहा अगाडि छन्  । 

कपिलवस्तु क्षेत्र न. १ प्रतिनिधिसभा
१.काँग्रेस – दीपकुमार उपाध्याय = २० हजार ४ सय ७४
२.गठबन्धन – चक्रपाणी खनाल (बलदेव) =  २२ हजार ८ सय ७३
कपिलवस्तु क्षेत्र न. ३ प्रतिनिधिसभा
१.काँग्रेस – अभिसेक प्रताव शाह = १६ हजार ३
२.गठबन्धन – ईश्वरदयाल मिश्र = १२ हजार १ सय ९१
३.सं.स.फोरम – मंगल प्रसाद गुप्ता = १२ हजार ५ सय ८४ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप