कपिलवस्तु २ मा एमाले, ३ (ख) मा काँग्रेस विजयी: यस्तो छ मतपरिणाम
कपिलवस्तुको निर्वाचन क्षे नं २ मा नेकपा एमालेका उम्मेदवार वृजेश कुमार गुप्ता विजयी भएका छन् । गुप्ता नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गर्दै विजयी भएका हुन् ।
गुप्ताले ३५ हजार १ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका छन् ।
यस्तै क्षे नं ३ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार विरेन्द्र कुमार कानोडिया विजयी भएका छन् । कानोडिया माओबादी केन्द्रका जाबेद आलम खाँलाई पराजित गर्दै विजयी भएका हुन् ।
कानोडियाले ६ हजार ६ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी खाँले ६ हजार ३ सय ७ मत पाएका छन् ।
यो सँगै जिल्लामा बाम गठबन्धनले खाता खोलेको छ । पछिल्लो ताजा मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ क्षेत्र १ गठबन्धनकै उम्मेदावर चक्रपाणि खनाल (बलदेव) अगाडि छन् भने ३ मा नेपाली काँग्रेसका अभिसेक प्रताव शाहा अगाडि छन् ।
कपिलवस्तु क्षेत्र न. १ प्रतिनिधिसभा
१.काँग्रेस – दीपकुमार उपाध्याय = २० हजार ४ सय ७४
२.गठबन्धन – चक्रपाणी खनाल (बलदेव) = २२ हजार ८ सय ७३
कपिलवस्तु क्षेत्र न. ३ प्रतिनिधिसभा
१.काँग्रेस – अभिसेक प्रताव शाह = १६ हजार ३
२.गठबन्धन – ईश्वरदयाल मिश्र = १२ हजार १ सय ९१
३.सं.स.फोरम – मंगल प्रसाद गुप्ता = १२ हजार ५ सय ८४
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण