बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिइन् सदीक्षा

बुधबार, २२ असार २०७९, १६ : ४४
बुधबार, २२ असार २०७९

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी हुन् । गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाह अगाडि उनले सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइको अलवा  पूर्व मिस मलिना जोशी, सुगारिका केसीको सहभागिता रहेको थियो । राहुल र सदीक्षाले एक वर्षभन्दा लामो समयको प्रेम विवाहमा परिणत गरेका हुन् । 
राहुल पेशाले जीम व्यवसायी हुन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप