लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ। कपिलवस्तु, पाल्पा र दाङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका विभिन्न घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाले छ ।
प्रहरीका अनुसार कपिलवस्तुमा जिल्लाका विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका २ हल्ला नगर बस्ने राजु रोका मगरको छोरा ८ वर्षीय सु चाङ रोका मगरको सोही ठाउँस्थित सुराई खोलामा डुबेर मृत्यु भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका ६ सानो बटहनिया स्थित जङ्गलमा करिब ५० वर्षीय महिला मृत अवस्थामा फेला परेकी छन् । यस्तै कृष्ण नगर नगरपालिका २ पुरानो बसपार्कस्थित यात्रु प्रतीक्षालयभित्र भारत घर भएकी करिब ५३ वर्षीय माया बाई मृत अवस्थामा फेला परेकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै गरी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दीपक थापा मृत अवस्थामा भेटिएका छन्, भने पाल्पा जिल्लाको रामपुर नगरपालिका ७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका ५ बस्ने स्याङ्जा चाप कोटका ६९ वर्षीय भुवन दमाई मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण