जेलबाट छुट्ने बित्तिकै खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सिरहा – सिरहाको भगवानपुर गाउँपालिकामा आज मंगलबार दिउँसो एक व्यक्तिले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको छ ।
घरायसी बिवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका १ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरि आफ्नी पत्नी करिव २७ बर्षीया रामकला यादवको हत्या गरेका हुन् ।
घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जनाए ।
श्रीमतिको हत्या गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रामकलाको शब पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको डिएसपी पाण्डेले बताए ।
श्रीमतिको हत्या गर्ने बालकृष्ण लागु औषध मुद्दामा जेल सजाय भुक्तान गरि केही दिनअघि मात्र छुटेको जनाइएको छ । तीन सन्तान रहेका रामकला र बालकृष्णको करिब ९ बर्षअघि बिवाह भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण