लघु चलचित्रका लागि एनएनटीभी शर्टस् घोषणा
नेपाली लघु चलचित्र मार्फत् नयाँ प्रतिभा खोज्ने र प्रोत्साहित गर्ने उदेश्यले नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको कार्यक्रम लघु चलचित्र प्रतियोगिता हो ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले आफूले निर्माण गर्न चाहेको लघु चलचित्रको कथासार अनलाइनमार्फत पेश गर्नुपर्नेछ । प्राप्त ती कथासार छनोट भएमा नेपाल नेटवर्क टेलिभिजनले निर्माण अनुमति प्रदान गर्नेछ । अनुमति प्राप्त व्यक्ति वा समुहले सो प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
कलाकार सुनिल थापा, पूजा शर्मा र निर्देशक दीपेन्द्र के खनाल निर्णायक रहेको प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको लघु चलचित्र निर्माण गर्नुपर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतिस्पर्धाले आउँदो साउन २० गतेभित्रमा लघु चलचित्रको कथासार दर्ता गराइसक्नुपर्ने टेलिभिजनका सिइयो दीनेश डिसीले बताए ।
छनोटमा परेका लघु चलचित्रहरुबारे निर्णायक मण्डलले भदौ २६ देखि मूल्यांकन गर्नेछन् । ती लघु चलचित्र असोज १ गतेदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रसारित लघु चलचित्र मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् । यसबाहेक उत्कृष्ट १० भित्र पर्नेले समेत १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण