सुशान्त कन्ट्रोभर्सीपछि रियाले काम नै पाइनन्
बलिउड अभिनेत्री रिया चक्रवर्तीले छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना छ । हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए । साथै उनले रियाको करियर उनी आफूले कुनै गल्ती नै नगरी बर्बाद भएको पनि बताए ।
राणाले भने, ‘फिल्मका लागि रियाका म्यानेजरसँग सम्पर्कमा छु, तर उनले अहिलेसम्म निर्णय गरेका छैनन् । हामीसँग स्क्रिप्ट तयार छ र यसमा रिया मुख्य अभिनेत्रीको रूपमा फिट हुन्छिन्। यो फिल्मको कथा धोकासँग जोडिएको छ । रिया राम्रो बंगाली बोल्छिन् र यदि उनले यो फिल्मलाई हुन्छ भनिन् भने यो राम्रो हुनेछ।
राणाले थपे, ‘बिना कुनै गल्ती रियाको करियर जोखिममा परेको महसुस गरेको छु । पछिल्ला केही वर्षमा उनले धेरै समस्या भोगेकी छिन् । अझै पनि मुम्बईमा भूमिका पाइरहेकी छैनन् । कसैको गर्लफ्रेन्ड भएकोमा र बंगाली भएको कारणले उनलाई दुःख छ । मलाई साँच्चै लाग्छ कि उनी अझ राम्रोको योग्य छिन्।
‘जलेबी’ पछि रिया मिस्ट्री थ्रिलर ‘चेहरे’मा देखिएकी थिइन् । २०२१ मा रिलिज भएको यो फिल्ममा उनी बाहेक अमिताभ बच्चन, इमरान हाश्मी र सिद्धान्त कपूर पनि मुख्य भूमिकामा थिए। रियाले सन् २०१३ मा फिल्म ‘मेरे डैड की मारुती’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसअघि रिया भिडियो जकीको रुपमा काम गर्थिन् । उनले धेरै एमटीभीका र्यक्रमहरू पनि होस्ट गरेकी छन्।
रियाका प्रेमी सुशान्त सिंह राजपुतको १४ जुन २०२० मा मुम्बईमा निधन भयो। त्यसबेलादेखि उनीमाथि एनसीबीले लागूऔषध मुद्दामा अनुसन्धान थालिएको थियो । उनलाई सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो। झण्डै एक महिना जेल बसेपछि रियाले मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् । सुप्रिम कोर्टको आदेशमा सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म एजेन्सी कुनै नतिजामा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण