दशैंमा आउने तयारीमा ‘परदेशी–२’
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले असोज १४ अर्थात आगामी दशैं प्रदर्शन मिति तोक्दै टिजर सार्वजनिक गरेको हो । टिजरमा गायक समेत रहेका प्रकाश सपूत, दिलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी लगायत देखिएका छन् । ‘परदेशी–२’ बाट सपुतले फिल्म अभिनय डेब्यू गरेका हुन् ।
वैदेशिक रोजगारीको कथा बुनिएकोमा ‘परदेशी’ सफल भएपछि बनाइएको यो फिल्ममा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई कथावस्तु बनाइएको टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा प्रेम, वियोग, संवेदना, द्धन्द्ध, गीत सबैको अंश मिश्रित छ । नारायण इन्टरनेशनल प्रालिको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् ।
फिल्ममा प्रकाश, दीलिप, प्रशान्त, केकी, वर्षाको अलवा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
बीबी अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ । अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका छन् । फिल्मको वितरक काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण