यस्तो छ ‘लाखे’ को टिजर
मल्टिस्टार फिल्म ‘लाखे’ को टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’ को टिजरबाट फिल्म सस्पेन्स र थ्रीलले भरिएको छ ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपबिक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्वन्द्व निर्देशन र दिलीप पन्तको प्रोडक्सन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण