यसकारण सर्टलेस हुन्छन् सलमान
सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरलाई देखाउने गर्छन् । तर उनी किन यसो गर्छन्, त्यो कमैलाई थाहा छ ।
सलमानले पहिलोपटक फिल्म ‘प्यार किया तो डरना क्या’को एक गीतमा सर्ट खोलेका थिए । त्यसपछि उनको यो क्रम अन्य फिल्ममा जारी रह्यो । केही समयअघि दुबईमा सम्पन्न आइफा अवार्डमा रितेश देशमुख र मनीष पलले सलमानसँग सम्बन्धित प्रश्न सोधेका थिए । उनलाई मनीषले सलमानलाई सर्टलेसन हुने कारण सोधका थिए । उनको उत्तर अभिनेत्री जेनेलिया डिसुजाले दिँदै ‘सर्ट खोल्दा सलमान कुल देखिन्छन्’ भनी जवाफ दिएकी थिइन् ।
सलमानले जेनेलियाको उत्तरलाई गलत बताउँदै आफैंले त्यसको जवाफ दिएका थिए । उनले मनीषलाई ‘मनीष तिमीसँग एक महंगो र शानदार गाडी छ भने के तिमी त्यसलाई सधैं छोपेर राख्छौ ?’ भनी सोधेका थिए । यसको जवाफमा आफूले त्यसो नगरी गाडीलाई सार्वजनिक रुपमै देखाउने बताएका थिए ।
सलमानले पनि जसरी मानिसहरु आफ्नो गाडीलाई देखाउँछन्, त्यसैगरी आफूले पनि फिट शरीरलाई देखाउनका लागि सर्टलेस हुनुपरेको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण