बाढीमा पाँच घण्टासम्म फसेका १७ जना महिलाको उद्धार
शनिवार दिउँसो दाङको एक खोलमा पाँच घण्टा सम्म फसेका दर्जनौँ सर्वसाधारणलाई त्यहाँको सेना, प्रहरी, सशस्त्र प्रहरी सहितका सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् । जिल्लाको राजपुर गाउँपालिका– २ मा पर्ने खहरे रसरी र माररी खोलामा फँसेका डेढ दर्जन महिलाहरूलाई सुरक्षाकर्मीले उनीहरू फसेको पाँच घण्टापछि उद्धार गरेका हुन् । त्यहाँको त्रिशक्ती सामुदायिक वनमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरू अलपत्र परेका थिए ।
त्यसरी महिलाहरू बाढीका कारण घण्टौँसम्म फसेको सूचना पाउन साथ रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नम्बर २९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक धनन्जय केसी, भालुबाङ्गबाट सशस्त्र प्रहरी बल नम्वर –४१ गण अर्जुन खोलाका प्रहरी निरीक्षक रवीन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसीलगायतको टोली घटनास्थलमा पुगेको थियो ।
त्यहाँ पुगेको टोलीले मानव साङ्लो र लुठाको प्रयोग गरी राजपुर गाउँपालिका– २ बेला चप्फा गाउँबाट वनमा च्याउ खोज्न गएकाँ १७ जना महिलाहरूलाई च्याउ खोज्न जङ्गल सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण