बकर ईद पर्व उत्साह र समानताको प्रतीक हो : मुख्यमन्त्री राई
आइतबार, २६ असार २०७९, ०७ : ००
इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अजाह)को अवसरमा शुभकामना दिँदै प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यो पर्व एउटा उत्साह र समानताको प्रतीक भएको बताएका छन् ।
आपसी सद्भावको चाडको रूपमा मनाइने पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको राईले बताए ।
'नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा गर्दछु', शुभकामना सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण