नेपालगञ्जमा बकर इद धुमधामले मनाइँदै
नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।
इद उल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।
हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरु बताउँछन् । नमाज पढिसकेपछि घर–घरमा गई बलि दिने र एकआपसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको समाजसेवी निजामुद्दिन सिद्दीकीले जानकारी दिए ।
उनले नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा रहेका इदगाहमा आ–आफ्नो ढङ्गले नमाज पढ्ने गरेको उल्लेख गरे । उपमहानगरका जयसपुर, परस्पुरलगायतका ठाउँमा इदगाह रहेको छ । नेपालगञ्जलाई ‘धार्मिक सद्भाव’को सहर मानिन्छ ।
इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण