दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी
आइतबार, २६ असार २०७९, १० : ५७
दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ ।
बिरामीहरू सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण