बुटवलको एक होटलमा किशोरी मृत फेला, सँगै होटल पुगेका युवक फरार
आइतबार, २६ असार २०७९, ११ : ५८
बुटवलको एक होटलमा बास बस्न गएकी एक किशोरी होटलमै मृत फेला परेकी छन् । उनीसँगै गएका युवक भने सोही दिन राती नै होटलबाट निस्केर हिँडेको होटल सञ्चालकले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बुटवल उपमहानरपालिका–३ मा रहेको पाल्पाली होटलको कोठामा सोही नगरपालिका -२ की १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् । एक युवकको साथ समीक्षा शुक्रबार राती करिव साढे १० बजे त्यस होटलमा पुगेको बताइन्छ ।
युवक राती नै खाना खाएको बिल तिरेर निस्किएको होटलवालाले प्रहरीलाई बताएका थिए । शनिबार दिउँसो उक्त होटलको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको सनाखत गरेको थियो । बेपत्ता युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण