तिनाउखोलामा युवतीको शव फेला
आइतबार, २६ असार २०७९, २० : २२
रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण