घोराही खानेपानीमा सातौ पटक नेतृत्व हाक्दै ‘पानी बा’
दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौ पटक देवीबहादुर डिसी निर्वाचित भएका छन् । २०६० सालदेखि घोराही खानेपानीको नेतृत्व डिसिसँगै रहदै आएको छ । यो पटक उनीलाई कांग्रेस र माअोवादीको समर्थन रहेको थियो ।
संस्था २०५३ सालमा स्थापना भएको हो । संस्थाको संस्थापक अध्यक्ष यज्ञबहादुर बुढाथोकी थिए । नव निर्वाचित डिसी २०५३ सालमा सदस्य पदमा रही काम गरेका थिए । २०५७ सालमा मधुसुदन पौडेल अध्यक्ष भएका थिए भने डिसी दोस्रो कार्यकालमा पनि सदस्य रही काम गरेका थिए ।
२०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाको नेतृत्व गर्दै आएका छन । डिसी आम उपभोक्ताका माझ ‘पानी बा’ का नामले परिचित छन् । संस्थामा नयाँ नेतृत्वका लागि मतदान भएको थियो । कुल ७ हजार १ सय २३ मतदाता रहेकोमा ३ हजार ५ सय ६५ मत खसेको थियो ।
डिसीले गठबन्धन प्यानलको नेतृत्व गरेका थिए । डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका नारायण भुसालले १०८५ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण