कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
सोमबार, २७ असार २०७९, ११ : ११
दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० जलौराचोकमा कारको ठक्करबाट घोराही १० सौर्यकुलाका अन्दाजी २४ वर्षका देवराज चौधरी मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरीलाई गत राती घोराहीतर्फ जाँदै गरैको बा ०१- २५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए। ठक्कर दिने कार र चालक सौगात वलीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण