शोभितको ‘बद्री बहादुर’ नेपाल अघि अस्ट्रेलिया प्रदर्शन हुने
काठमाडौँ । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ नेपाल अघि अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी ३० जुलाईमा सिड्नीसहित ४ सहरमा प्रदर्शन हुने निर्देशक बस्नेतले जानकारी दिए । छोरी भेट्न हाल अस्ट्रेलियामा रहेका उनले त्यही मौकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । फिल्मलाई सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले प्रदर्शन गर्न लागेका हुन् ।
रबि अधिकारी कार्यकारी निर्माता रहेका फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य लगायतको अभिनय छ । यो फिल्मबाट एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले फिल्मको एक गीतमा एकसाथ नृत्य गरेका छन् । फिल्मलाई यसै वर्ष नेपालमा पनि प्रदर्शन गर्ने तयारी शोभितको छ ।
एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली र निर्माता मिथुन भोटे हुन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायाङ्कन र समिर मियाँको सम्पादन छ । काठमाडौँ, लमजुङ, धरान र सङ्खुवासभामा फिल्म छायाङ्कन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण