बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’

बिहीबार, ०७ साउन २०८३, १८ : २१
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागलाई ८ खर्ब रुपैयाँ उठाउन लक्ष्यका साथ सुरुदेखि नै सक्रिय हुन निर्देशन दिएका छन् ।
  • सरकारले आर्थिक ऐनमा दिएका छुट सुविधा प्रयोग गरी १ खर्ब बक्यौता उठाउने लक्ष्य राखिएको छ ।
  • अर्थमन्त्री वाग्लेले नतिजा दिनेगरी काम गर्न निर्देशन दिँदै राजस्व प्रशासन सुधार र कर्मचारीका समस्या सुन्न आफू तयार रहेको बताएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागलाई ८ खर्ब रुपैयाँ उठाउन लक्ष्यका साथ सुरुदेखि नै सक्रिय हुन निर्देशन दिएका छन् । 

बिहीवार आन्तरिक राजश्व विभाग देशभरका राजस्व कार्यालयका अधिकृतहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

यसका लागि उनले सरकारले आर्थिक ऐनमा दिएका छुट सुविधाको प्रयोग गरेर १ खर्ब बक्यौता उठाउने लक्ष्य राखेको भन्दै यसको समेत प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिएका हुन् । 

यसपटक आन्तरिक राजस्व विभागले साढे ७ खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलनको लक्ष्य पाएको छ । 

आजको कार्यक्रममा अर्थमन्त्री वाग्लेका साथै अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले समेत सम्बोधन गरेका थिए । त्यसअघि विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले विभागले हालसम्म गरेका कामको समीक्षात्मक प्रस्तुति दिएका थिए । 

कार्यक्रममा वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश सुनाउँदै नतिजा दिनेगरी काम गर्न निर्देशन दिएका थिए । उनले विभागको काममा मन्त्रालयले धेरै हस्तक्षेप गर्न नचाहेको भन्दै स्वतन्त्र रुपमा काम गरेर लक्ष्य हासिल गर्न आग्रह गरे । 

उनले राजश्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि कर्मचारीका समस्या र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप