कमेडी हबमा अभिनय गरेका कारण कलेजबाट शिक्षकलाई जागिर निकाला
सोमबार, २७ असार २०७९, १४ : ०५
टेलिभिजन शो ‘कमेडी हब’ मा अभिनय गरेका एक कलाकारलाई काठमाडौँको एक कलेजले जागिरबाट निकालेको दाबी गरिएको छ ।
कलाकारसमेत रहेका शिक्षक दीपेन्द्र प्रसाईंलाई सुकेधारास्थित बागमती कलेजले जागिरबाट हटाइएको हो । उनले विगत पाँच वर्षदेखि उक्त कलेजमा अध्यापन गराउँदै आएका थिए ।
एक सञ्चारमाध्यममा ‘‘कमेडी हब’ मा गरेको कमेडीले कलेजबाट निकालिएँ’ भन्ने शीर्षकको लेखमा प्रसाईंले आफू अन्यायमा परिसकेपछि ब्याक हुने कुरा नभएको पनि बताएका छन् ।
प्रसाईंले शिक्षक भएर आफ्नै कलेजको कुरा बाहिर निकालेको भन्दै आफूलाई निष्कासन गरिएको दाबी गरे । उनले यसबारे भने, ‘मैले देशका नीजि कलेज र स्कुलको समग्र अवस्थालाई देखाएका ेहो । यसलाई यति ठूलो विषय बनाउने कुरा थिएन ।’
स्मरण रहोस्, टेलिभिजन शो ‘कमेडी हब’ केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को निर्देशनमा प्रसारण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण