अखिल (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूद्वारा राजीनामा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । सोमबार अनेरास्वयु (क्रान्तिकारी) का जिल्ला उपाध्यक्षहरू विजय पौडेल (आभास) र मधुसूदन गन्धर्व, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिवहरू गोरखनाथ यादव र सुमन घिमिरेले संयुक्त रूपमा राजीनामा दिएको जानकारी दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) भए पनि माओवादी केन्द्र कपिलवस्तुले विद्यार्थी सङ्गठनलाई हरेक कुरामा बेवास्ता र छलकपट गर्दै सङ्गठनको अवहेलना गरिरहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै विगत देखि नै पार्टी तथा नेतृत्वले सक्रियरुपमा सङ्गठित विद्यार्थी कार्यकर्ताको संरक्षण लगायतको सवालमा कुनै किसिमका चासो नदिएको आरोप लगाएका छन् । सङ्गठन नेतृत्वहरुले पटक पटक जिल्लाका प्रमुख पार्टी नेतृत्वहरुसँग गुनासो राख्ने सन्दर्भमा छलफल तथा बैठक बस्न खोजिरहँदा समेत पार्टी नेतृत्वले आलटाल गरिरहेका कारण आफुहरुले नेतृत्व तहबाट संयुक्त राजीनामा दिएको बताएका छन्। - विक्रम विश्वकर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण