मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शिविरमा बाह्र हजार विरामीको निःशुल्क उपचार

मङ्गलबार, २८ असार २०७९, ०८ : ४९
मङ्गलबार, २८ असार २०७९

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.-३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

१९४४ जनाको मुटुको जाँच इसीजी, २१२० जनाको रक्त परीक्षण र २१६२ जनाको भिडियो एक्सरे गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सो अवधिमा ५२६ जनाको दाँत उखेलिएको छ । यता, ७८६६ विरामीलाई नोबेल अस्पताल ल्याइ उपचार गरिएको छ । जसमध्ये ११६२ जनाको जटिल तथा सामान्य अप्रेशन गरिएको प्रबन्धक दाहालले बताए ।

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रमा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।

शनिबारबाहेक हरेक दिन दुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यहीं गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका विरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउने व्यवस्था पनि मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप