मेयर शाहसँग कलाकारका पाँच माग
मङ्गलबार, २८ असार २०७९, १४ : ५२
करिब एक दर्जन कलाकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग मंगलबार भेटघाट गरेका छन् । निर्माता निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल मार्फत भेटबारे जानकारी दिएका हुन् ।
भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्या विषयमा छलफल भएको शर्माले बताए । सो क्रममा कलाकारले स्थानिय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, डिजिटल विज्ञापन बोर्ड, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत फिल्म छायाँकन, चलचित्रकर्मी कल्याण कोष लगायतका पाँचवटा माग राखेको समेत शर्माले जानकारी दिए ।
कलाकारको माग प्रति मेयर शाह सकारात्मक रहेको शर्माको भनाइ रहेको छ । कलाकर्मीको टोलीमा निर्मल शर्मा, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, रवीन्द्र खड्का लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण