चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता
मङ्गलबार, २८ असार २०७९, २० : २८
चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ।
मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेसनहरू शुरू गरेको थियो।
सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले उल्लेख गरेको छ । प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले जनाएको छ ।
फाइभ-जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेशपायलले भने– मलाई गाली गर्नुस्, तपाईँको चुलो चाँहि बल्नुपर्यो
-
डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
-
उपनिर्वाचनले कांग्रेसको दम्भलाई अन्त्य गरेको छ : हरिबोल गजुरेल
-
लगानी सम्मेलनमा भारतीय पक्षको सक्रिय सहभागिताको प्रशंसा
-
राजनीतिक परिवर्तनले पनि श्रमिकको हित गर्न सकेन : कमल थापा
-
सर्वोच्चको सात तर्क : गण्डकीका मुख्यमन्त्रीलाई राहत, कांग्रेसलाई झट्का