उच्च अदालत वीरगञ्जका कर्मचारीले चिनी कारखानाको गोदामलाई बनाए ‘कभर्ड हल’
वीरगञ्ज चिनी कारखानाको गोदाम घरमा उच्च अदालत वीरगञ्जका कर्मचारीले आफूखुसी ‘कभर्ड हल’ निर्माण गरेका छन् । सरोकारवाला निकायसँग अनुमति नै नलिई अदालतका कर्मचारीले चिनी कारखानाको गोदामलाई ‘कभर्ड हल’को रुपमा निर्माण गरेका हुन् ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका कम्प्युटर अपरेटर तथा कभर्ड हल निर्माण समितिका संयोजक टार्जन कुँवरले १५ देखि २० लाख रुपैयाँको लागतमा डेढ सयदेखि दुई सयजना अट्नेगरी हल र ब्याडमिन्टन कोर्टसहितको कर्वड हल निर्माण भइरहेको बताए ।

‘चिनी मिलको गोदाम घरलाई हामीले वीरगञ्जमै नमुना स्टेज बनाउने गरी १५÷२० लाख रुपैयाँ लगानीमा कभर्ड हल निर्माण गरेका छौं,’ कुवँरले भने, ‘हामीले चिनी कारखानाका कर्मचारी र कोष तथा लेखा नियन्त्रक कार्यालयसँग समन्वय गरेर आफ्नै लगानीमा कभर्ड हल निर्माण गरेका हौं ।’
करिव ३ दशक अघि बन्द भएको वीरगञ्ज चिनी मिल र कृषि औजार कारखाना वीरगञ्जको भौतिक संरचनाको संरक्षणको सम्पूर्ण जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) पर्सालाई दिइएको छ । कोलेनिका पर्साका प्रमुख रुद्रबहादुर कार्कीले चिनी मिलको गोदाममा कभर्ड हल सञ्चालन गर्न अदालतले अनुमति नलिएको बताए । ‘उहाँहरुले अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्छ तर, औपचारिक रुपमा अनुमति लिनु भएको छैन,’ कोलेनिका पर्साका प्रमुख कार्कीले भने ।

सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वीरगञ्ज चिनी मिल सञ्चालन गर्ने योजना बनाएको छ ।
कभर्ड हल निर्माणको क्रममा चिनी मिलको गोदाममा रहेको वर्षौं पुराना सालका काठ प्रयोग गरिएको छ । उच्च अदालत वीरगञ्जका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले अदालतका कर्मचारीहरुको लगानीमा निर्माण गरिएको कभर्ड हलमा अन्य संघसंस्थाको कार्यक्रम गर्न दिए पनि राजनीतिक दलको कार्यक्रम गर्न भने नदिने बताए ।

सो गोदाम घरलाई बिगतमा कृषि साम्रगी लिमिटेड वीरगञ्जले भाडामा लिएर रासायनिक मल भण्डारण गर्दै आएको थियो भने वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचन कार्यलयले आवश्यक सामग्री राख्न सोही गोदाम प्रयोग गरेको थियो ।
वीरगञ्ज वरपर ठुलो सार्वजनिक गोदाम घर नभएका कारण अधिकांश सरकारी कार्यालयले चिनी मिलको गोदाम घरलाई नै प्रयोग गर्दै आएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण