ऋतिका बनिन् मिस एसईई स्टार
‘मिस एसईई स्टार २०२२’ को उपाधि इस्टपोल स्कुलकी ऋतिका शाहले जितेकी छन् । मिस ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकी उनले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् ।
भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजना रहेको प्रतियोगितामा मिस एसईई ग्रेसको उपाधि मुस्कान नेवारले प्राप्त गरिन् । नेवारले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत हात पर्दा आकृति भट्टराई फस्ट रनर अप र विदिस्मा कुँवर सेकन्ड रनरअप चुनिए ।
सगुन पाण्डेको कोरियोग्राफी र अभिनेता कोशिस क्षेत्री, निर्देशक विशाल भण्डारी, निर्माता श्रीदेव अर्याल, फेसन डिजाइनर सावित्री ढुङ्गाना तथा शिक्षाविद् राजन श्रेष्ठ प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
विभिन्न सांगीतिक माहोल सहित आयोजना भएको कार्यक्रममा गायक रवि रिमाल, सपन श्रेष्ठ, राजबाबु, डान्सर सीता सुवेदी, कमेडी कलाकार महादेव त्रिपाठी लगायतको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण