गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ ।
मन्त्रीहरु निर्धारित समयमै बालुवाटारमा भेला भएका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ ।
बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार नै तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण