फ्राइडे रिलिज : ‘सम्झना विर्सना’ र ‘सिल्ली फो’ भिड्दै
शुक्रबारदेखि नयाँ दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘सम्झना विर्सना’ र ‘सिल्ली फो’ । दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । आफ्नो फिल्म राम्रो भएकाले दर्शक पाउने दाबी दुबै फिल्मका निर्माताको छ ।
‘सम्झना विर्सना’
निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना विर्सना’ प्रेमकथामा निर्माण भएको हो । मल्टीप्लेक्स र सिंगल थिएटर समेत राम्रो शो पाएको फिल्ममा ‘सम्झना बिर्सना’ले बढी पाएको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिकामा छन् ।
आदित्य प्रधान र रेविका प्रधानले संयुक्त निर्माण गरेको फिल्ममा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतको समेत देख्न सकिन्छ । फिल्मले चिया बगानमा काम गर्ने कर्मचारीको मुद्धा समेत उठाएको निर्माण युनिटले जनाएको छ ।
‘सिल्ली फो’
राजबहादुर सानेको निर्देशन रहेको फिल्म ‘सिल्ली फो’ चारजना पात्रको जीवनमा आउँने घुम्ती र संघर्षको कथामा निर्माण भएको हो । मनोज डीके निर्माता र विशाल श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण