लुम्बिनीका दुई सरकारी अस्पतालमा बिरामीलाई बेड, कार्ड र रगत निःशुल्क
लुम्बिनी प्रदेशमा दुई प्रदेशस्तरीय दुई ठूला सरकारी अस्पतालमा आर्थिक अवस्था कमजोर भएकाहरूले उपचारका लागि निःशुल्क बेड, बिरामी पुर्जा र रगत पाउने भएका छन् । नागरिक स्वास्थ्यमा सरकार भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० साउन १ गतेदेखि लागु हुने गरी प्रादेशिक स्तरका दुई सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिरामीलाई बेड, बिरामी र रगत सेवा निःशुल्क सञ्चालनमा ल्याएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले नागरिक स्वास्थ्य सेवामा सहजताका लागि बिरामीलाई यी सेवा निःशुल्क गरिएको बताए । प्रादेशिक अस्पतालका दुई सरकारी अस्पतालबाट बहिरङ्ग तथा ओपिडी बेड सेवा तथा बिरामी पुर्जा र रगत आवश्यक रहेका बिरामीलाई रगत समेत निःशुल्क सेवा प्रदान गरिएको मन्त्री थारुले जानकारी दिए ।
यसका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री थारुले भने–‘कतिपय अवस्थामा विपन्न नागरिकसँग नाम लेखाउन समेत पैसा हुँदैन । जसका कारण विपन्न नागरिकले उपचार सेवा पाउनबाट समेत वञ्चित हुनुपर्ने बाध्यतालाई टारेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण