वृत्तचित्र ‘चाचाजी’ सार्वजनिक
आइतबार, ०१ साउन २०७९, १४ : १५
नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजी निर्माण भएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार सन्तोष रेग्मीको लेखन÷निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।
चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकहरुका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तीभर विचलित नभै पत्रकारिताको धर्म निर्वाह गर्न अघि बढ्ने अविराम यात्री हुन् ।
प्रजातन्त्रले मात्र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न सक्छ भन्नेमा स्पष्ट रहेका उनी प्रजातन्त्र पुनर्स्थापनापछि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित छन् । उनको भौतिक शरीर हाल हामीमाझ छैन यद्यपि, उनका कार्यले उनलाई अमर बनाएको छ नै नेपाली पत्रकारिताको आकाशमा एक नक्षत्रका रूपमा चम्किला छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण