तिलोत्तमाको नगर सभामा लफडा
रुपन्देहीको तिलोत्तमा नगरपालिका पालिकाको नगरसभामा आज लफडा भएको छ । आज १ बजे बस्ने तय भएको नगर सभामा गणपूरक सङ्ख्या नपुगेको भन्दै बैठक स्थगित गर्दा एमाले जनप्रनिधिहरुले नाराबाजी गरेका हुन् । उनीहरूको कार्यकारी प्रमुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।
९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि स्थगित भएको नगरपालिकाले जनाएको छ । तर त्यो भनाई सत्य नभएको भन्दै उपमेयर जागेश्वरी चौधरीसहित एमाले जनप्रतिनिधिहरुले नाराबाजी गरेपछि घटनास्थलमा प्रहरी नै परिचालन गर्नु परेको थियो । नगर प्रमुख रामकृष्ण खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। घेराबन्दीमा परेपछि मेयर खाँण र प्रमुख प्रशासकीय अधिकृत सुरक्षित हुनका लागि नजिकैको हल भित्र पसेका थिए अहिले स्थिति सामान्य बनेको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने काँग्रेसको कार्यालयमा मेयर र प्रमुख प्रशासकीय अधिकृत बैठक बसेको स्थगित गरेको एमाले जनप्रतिनिधि सुरेन्द्र श्रीले बताए । यता काँग्रेसबाट निर्वाचित वडा नं ३ का वडाध्यक्ष कल्याण पौडेलले यसअघि असार ३१ गते नगर सभाको बजेट पास गर्न बसेको बैठकमा उपमेयर चौधरीका कारण बैठक बस्न २ घण्टा ढिलाइ भएको र गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको बताए ।
सभामा एजेन्डा बजेट पास गर्ने भए पनि एमालेले भने उपसमितिको पनि एजेन्डासँगै लैजान भनेपछि विवाद चुलिएको हो । नगरप्रमुख खाँणले भने समितिहरू सहमतिका आधारमा समावेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आज स्थगित बैठक भोलि बस्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण