शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोल्टीको र्‍याम्पमा नेपाली र भारतीय फेसन उत्सव

आइतबार, ०१ साउन २०७९, १७ : ००
आइतबार, ०१ साउन २०७९

नेपाल र भारतका करिब दुई दर्जन बढी फेसनका डिजाइन एउटै स्टेजमा प्रस्तुत गरिएको छ । सिडी फाउन्डेसन भारतले होटल सोल्टीमा आयोजना गरेको ‘इन्डियन फुड फेष्टिभल’ कार्यक्रममा आयोजित फेसन शोमा नेपाल र भारतका एकसाथ फेसन प्रदर्शन गरिएको हो ।

नेपालका १० व्यवसायी मोडलले तीन सिक्वेलमा फेसनका विभिन्न डिजाइन प्रस्तुत गरेका थिए । नेपाल र भारतको थिममा दुई देशका ३ डिजाइनहरुले तयार पारेको पहिरनमा मोडल र्‍याम्पमा उत्रिएका थिए । 

फेसन शोको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोरियोग्राफर राज फैजुले गरेका हुन् । फेसन शोले कल्चर रूपमा दुई देशलाई जोड्न सफल भएको कोरियोग्राफर फैजुले बताए । फैजु रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक पनि हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्टले ‘इन्डियन फुड फेष्टिभल’ मा व्यवस्थापन र नेपालका लागि इभेन्ट पार्टनरको रूपमा जोडिएको हो । सिडी फाउन्डेसनको आगामी दिनको कार्यक्रममा पनि रेडियन्ट इभेन्टले सहकार्य गर्नेछ । 

कार्यक्रमको मोडल ब्यावस्थापन हाउस अफ फेसनले गरेको थियो । फेसन शोमा मोडलको मेकअफ तथा हेयरस्टायल डि–पनाज हेयर एण्ड ब्युटी ट्रेनिङ सेन्टरले गरेको हो । डि–पनाज्का फाउन्डर विनीता ताम्राकार आफैले त्यसको संयोजन गरेकी थिइन् । कार्यक्रमको फोटो ममेन्टो स्टुडियो र ट्राभल पार्टनर नि–एशिया होलिडे रहेको छ ।

सिडी फाउन्डेसन भारतले अहिलेसम्म ‘इन्डियन फुड फेष्टिभल’ नामक विभिन्न कार्यक्रम १० बढी राष्ट्रमा गरिसकेको छ । विभिन्न राष्ट्रलाई जोड्न आफूले यस्ता किसिमको कार्यक्रम आयोजना गर्दै आएको सिडी फाउन्डेसनकी फाउन्डर निर्देशक चारु दासले बताइन् ।

‘एक देशसँग अर्को देशलाई जोड्ने, पर्यटन प्रवर्द्धन गर्दै कला संस्कृतिको प्रचार समेत कार्यक्रममा प्रचार गर्दछौ’ दासले भनिन् ‘हामीले एउटै माध्यमबाट फेसन, कल्चरल, फुड, पर्यटन लगायत प्रचार गर्दछौ ।’ फेसन शो मात्र गर्यो भने सिमित ब्यक्तिलाई थाहा हुने र यस्तो विभिन्न सेक्टर जोडे कार्यक्रम गर्दा पुरै देशलाई थाहा हुने भएकोले कार्यक्रममा विभिन्न सेक्टर समेत जोडिएको दासको भनाई रहेको छ । कार्यक्रममा फुड, फेसनको अलावा म्युजिकसमेत रहेको छ ।

१५ जुलाईबाट सुरु भएको ‘इन्डियन फुड फेष्टिभल’ २४ जुलाईसँग चल्ने छ । फेष्टिभलको अनलाइन मिडिया पार्टनर रातोपाटी डटकम रहेको छ । कार्यक्रममा होटल सोल्टीको पनि सहकार्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप