करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। जिल्लाको मायादेवी गाउँपालिका ८ अमाहवामा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी शैलेन्द्रकुमार पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका ८ गोपालपुर घर भएका पाण्डेयले नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा मिटर रिडरको रुपमा ज्यालादारीमा काम गर्ने गरेको तौलिहवा वितरण केन्द्रका प्रमुख राजेशकुमार झाले बताए।
मिटर ठाउँ सारी गर्न विद्युतको पोलमा लाईन जोडने क्रममा करेन्ट लागेर उनी सिँढीबाट तल खसेका थिए। पाण्डेयलाई करेन्ट लागेर घाइते भएको देखेपछि उनीसँगै गएका अर्का मिटर रिडर बिष्णु रैदसा अचेत भएका थिए। घाइते पाण्डेयको उपचारका लागि कपिलवस्तु अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण