बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिँदै थियो ।
गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए । सरकारले बेवास्ता गरेपनि युवाहरु ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन् ।
मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन् । भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका रु दुई अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए ।
अहिले हेलम्बुको तिम्बुसहितका चार स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन् । अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण चलिरहेको छ । केही फार्ममा भर्खर भुरा माछा हालिएको छ । ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षण भरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरुलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण