पैसाका लागि ललित मोदी छानिन् ? सुष्मिता सेनले दिइन् कडा जवाफ
बलिउड अभिनेत्री सुष्मिता सेन व्यापारी ललित मोदीसँगको सम्बन्धका कारण चर्चामा छिन् । आफूभन्दा १० वर्ष जेठो ललित मोदीसँगको सम्बन्धमा रहेको भनी सुष्मिता सेनको जताततै कुरा भइरहेको छ । ललित मोदीले १४ जुलाईमा सुष्मिता सेनसँगको सम्बन्धबारे इन्टाग्राममार्फत् पुष्टि गरेका थिए । ललित मोदीले सुष्मिता सेनासँगको तस्बिर सेयर गरेका थिए । तर यो खबर र तस्बिर सार्वजनिक हुनेबित्तिकै मानिसहरुले उनीहरु बीचको प्रेम नबुझिकन उनीहरुको सम्बन्धको मजाक उडाए । साथै सुष्मिता सेनलाई ‘गोल्ड डिगर’ पनि भनियो ।
सुष्मिताको ग्ल्यामरस लुक
ट्रोलिङमा सुष्मिता सेन र ललित मोदी दुबैको जवाफ आइसकेको छ । अब आफ्नो पछिल्लो पोस्टमा सुष्मिताले ती व्यक्तिहरुको मुखमा बुझो हालिदिएकी छिन् जसले पैसाका लागि सुष्मिताले मोदीलाई छानेकी छिन् भनिरहेका थिए । सुष्मिता सेनलाई गोल्ड डिगर भनियो । नायिकाले आफ्नो इन्स्टा स्टोरीमा आफ्नो निकै ग्ल्यामरस फोटो सेयर गरेर आफूलाई तथानाम भन्नेहरुलाई जवाफ दिएकी छिन ।
उक्त फोटोको क्याप्सनमा सुष्मिताले लेखेकी छिन्, ‘आफ्नो अस्तित्व र अन्तरआत्मामा पूर्ण रुपमा केन्द्रीत... प्रकृतिले आफ्नो सबै सृष्टिलाई एकमा विलिन गरेर एकताको अनुभव दिन्छ, यो मलाई असाध्यै मनपर्छ । तर हामी यसलाई अलग पार्छौँ, जब हामी ब्यालेन्सलाई ब्रेक गर्छौँ । हाम्रो आसपासको दुनियाँ कति दुःखी छ, त्यो देखेर मन टुट्छ । तथाकथित बुद्धिजीवी आफ्नो मुर्खतासँग... इग्नोरेन्ट मानिस आफ्नो निकै तल्लो स्तरको र फनी गसिप्ससँग, ती मानिसहरु जो मेरा कहिल्यै साथी थिएनन् र मसँग परिचित पनि थिएनन्... मेरा बारे ठूला विचार र मेरो क्यारेक्टरबारे गहन जानकारी साझा गरिरहेका छन् । मलाई गोल्ड डिगर भनिरहेका छन् । अँ, उनीहरु त निकै बुद्धिमान ।’
‘म सुनभन्दा बढी हिरा खोज्छु, मैले सधैँ हिरालाई बढी प्राथमिकता दिएको छु । यसका लागि म चर्चित पनि छु । र साँच्ची, म आफ्ना लागि हिरा आफैँ किन्छु ।’ आफ्नो यो पोस्टमा सुष्मिता सेनले आफ्ना शुभचिन्तक र समर्थकमाथि आभार जताएकी छिन् । सुष्मिताले आफू पूर्ण रुपमा ठिक भएको पनि बताएकी छिन् ।
ललित मोदी अघि सुष्मिता सेन रोहमन शलसँग सम्बन्धमा थिइन् । ब्रेकअपपछि पनि यी दुई साथी बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
