अन्ततः तिलोत्तमा नगरपालिकाको बजेट पारित
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो ।
मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ । नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।
मंगलबार बसेको नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।
यस्तै, लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य छन् । काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति पनि गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण