सरकारले निर्वाचन सार्ने खतरा छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले समयमा निर्वाचन हुनुपर्ने भन्दै त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने बताए ।
उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भएको बताए । ‘स्थानीय निर्वाचन पनि हामीले देख्यौ, फगाुनमा हुनुपर्ने त्यो निर्वाचन बैशाखमा भयो । त्यो पनि आगामी चैतमा गर्ने भनेर गठबन्धनका नेताहरु बोलिरहेका थिए’, ओलीको भनाइ छ ।
ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए । ‘आफ्ना स्वार्थका पछाडि नकुद्ने व्यक्तिले सोच्यो भने मन थाम्न नसक्नेगरी ववर्वादीतर्फ देश जाँदैछ’, अध्यक्ष ओलीको भनाइ छ ।
उनले आफ्नो नेतृत्वको सरकार भएका बेला सम्बृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण