विप्लवसहितको ‘वाम गठबन्धन’ले आज संघर्षको कार्यक्रम घोषणा गर्ने
बिहीबार, ०५ साउन २०७९, ०७ : २३
विप्लव नेतृत्वको नेकपासहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।
यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो ।
गठबन्धन गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण