शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुष्पामा मनोज बाजेपयीको इन्ट्री ?

बिहीबार, ०५ साउन २०७९, १७ : ०९
बिहीबार, ०५ साउन २०७९

साउथका सुपरस्टार अल्लू अर्जुन र रश्मिका मंदाना आफ्नो आगामी चलचित्र ‘पुष्पाः द रुल’का लागि चर्चामा छन् । यता पुष्पाको दोस्रो संस्करणका लागि चलचित्र निर्माताहरुले भेटरान अभिनेता मनोज बाजपेयीसँग पनि सम्पर्क आएको छ ।

समाचारमा निर्माताहरुले मनोजलाई चलचित्रमा प्रहरी अधिकारीको भूमिका अफर गरेको दाबी गरिएको छ । तर एउटा अन्तरवार्तामा मनोजले सो समाचार हल्ला मात्र भएको स्पष्ट पारेका छन् । पुष्पा–२ बारे सोधिएका प्रश्नमा उनले भनेका छन्, ‘तपाईंहरुलाई यस्तो समाचार कहाँबाट आउँछ ।’

उनले आफूले पहिले पनि दक्षिण भारतीय चलचित्रमा काम गरेको र आफू राम्रो कथावस्तुको खोजीमा रहेको बताए । उनले चलचित्रले कति कमायो भन्ने कुराले आफूलाई कुनै फरक नपर्ने पनि जिकिर गरे ।

पुष्पा–२ लाई ठूलो बजेटमा निर्माण गरिँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार निर्माताहरुले यसका लागि ३५० करोड भारतीय रुपैयाँको बजेट तयार गरेका छन् । पुष्पाको पहिलो संस्करण ‘पुष्पाः द राइज’ करिब १९५ करोड भारतीय रुपैयाँको बजेटमा बनेको थियो । निर्देशक सुकुमारले चलचित्रको सुटिङ जुलाई महिनाको अन्तिम वा अगस्त महिनाको सुरुवातबाट गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप