प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
शुक्रबार, ०६ साउन २०७९, ०८ : १५
संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै गृह मन्त्री बालकुष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक