मिस युनिभर्स नेपालमा डाक्टर सुन्दरी !
मिस युनिभर्स नेपाल २०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाइन अडिसनबाट चयन भएका हुन् ।
जसमा डाक्टर आयुष्नोभा ढुंगाना पनि चयन भएकी छिन् । यी ३९ जनामा बहुसंख्यक प्रतियोगीहरु मोडल छन् । केही नयाँ अनुहार पनि छन् । मोडलिङमा डाक्टर आयुष्नोभा ढुंगाना पनि नयाँ अनुहार हुन् । तर उनीसँग आफ्नो क्षेत्रको विज्ञता पनि छ । आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी हुन् । बंगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै बिरामीहरुको सेवा गरिरहेकी छिन् ।
हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धि सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् । छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफू छाला रोगको चिकित्सक बनेको पनि यी सुन्दरीले बताएकी छिन् ।
यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी भएकी छिन्,‘एउटा डाक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छु,’ उनले भनिन् ।
नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलो पटक नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । गत वर्ष यो उपाधि सुजिता बस्नेतले जितेकी थिइन् । अग्रजहरुको कामलाई मूल्याँकन गरेर मिस युनिभर्स नेपाल हुँदै मिस युनिभर्समा गएर कसरी राम्रो गर्न सकिन्छ भनेर यतिबेला आफू मिस युनिभर्स नेपालको तयारीमा व्यस्त रहेको आयुष्नोभाले बताएकी छिन् ।
मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाइनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्यसहित आफू प्रस्तुत हुने आयुष्नोभाको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण