महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा
आइतबार, ०८ साउन २०७९, ०६ : ३४
साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ । इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन ।
फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछि पेनाल्टीकाे अवसर मिलेको थियाे । खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनि फ्रान्स गोलरक्षकले विफल पारेकी थिइन् ।
यो जितसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा स्विडेन र इङ्ग्ल्यान्ड भिड्ने पक्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण